मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार १६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा उच्च अंकको गिरावट, तीन अर्ब ७७ करोडकाे काराेबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १६:o३:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २७.२१ अंकले ओरालो लागेर दुई हजार ३४.८२ मा सीमित भएको हो।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ अंकले ओरालो लागेर तीन सय ६५.२० मा सीमित भएको हो।

कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ। कुल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर रु. तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ४० करोड ९० लाखबराबरको कारोबार भयो।

एनआइसी एसिया बैंक रु. १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर रु. १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत् कम्पनी रु. नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर रु. सात करोड ६१ लख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। किसान लघुवित्त ८.२२, युनियन हाइड्रोपावर ६.६५ र आशा लघुवित्तका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, सामलिङ पावर ८.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ६.१५, पाँचथर पावर कम्पनी ५.९१, बाराही हाइड्रोपावर ५.८२ र एनआइसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले ५.६१ प्रतिशतले गुमाएका छन्। रासस