१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एन्जल्स हार्टलाई बास्केटबल उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५४:oo

एन्जल्स हार्टले प्रथम सेब अन्तरविद्यालय जुनियर पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको  छ ।सामाखुसीस्थित आयोजक सेबको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयनलाई ३८–२८ ले पराजित गर्‍यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले २१ स्कोरको योगदान गरे । पहिलो क्वार्टरमा ८–२ को अग्रता लिएको एन्जल्स हार्ट दोस्रो क्वार्टरमा ७–९ ले पछि पर्‍यो । त्यसपछि एन्जल्सले तेस्रोमा ८–६ र चौथोमा १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो ।

एन्जल्स हार्टका अदित पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सेबका सुजन घले उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । उनले सातपटक ‘थ्री प्वाइन्ट’ प्रहार गरे । प्रतियोगिताभर ६५ स्कोर गरेका किङडमका जिग्मे लामा सर्वाधिक स्कोरकर्ता बने । श्री सत्य साई अनुशासित टिम बन्यो ।

 किङडमको सहज जित 
आयोजक किङडम हिमालयन र ग्रिनल्यान्डले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर महिलामा बुधबार सहज जित निकालेका छन् । किङडमले विल्सन एकेडेमीलाई ३१–२४ ले पराजित गर्‍यो । किङडमको जितमा दाबा लामाले नौ स्कोर गरिन् । ग्रिनल्यान्डले भद्रकालीलाई ३०–२५ ले हरायो । सिनियर पुरुषमा विल्सनले जिनियस वल्र्डलाई ४९–३७ ले पाखा लगायो । जुनियर पुरुषमा भ्याली पब्लिकले दोहोरो जित निकाल्यो । 

पहिलो खेलमा भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३२–२७ ले पन्छायो । भ्याली पब्लिकका मन्दिप ढुंगेलले १४ स्कोर गरे । अर्को खेलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) माथि ३९–२२ को जित निकाल्यो । जुनियर पुरुषमा सेबले ह्वाइट माउन्टेनलाई २९–२२ ले पराजित गर्‍यो । स्काइलार्कले ग्रिनल्यान्डलाई ३६–२५ ले निराश पार्‍यो । 

ad
ad