१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा सिटीको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o४:oo

डिफेन्डिङ च्याम्पिय म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सानदार जित हासिल गरेको छ । 

मंगलबार राति भएको पहिलो लेगमा कोपनहेगनलाई उसको घरेलु मैदानमा सिटीले ३–१ ले माथ दियो । जितसँगै सिटीले अन्तिम आठका लागि बलियो दाबेदारी पेस गरेको छ ।

सिटीका लागि केभिन डिब्रुएना, बर्नान्डो सिल्भा र फिल फोडेनले समान एक–एक गोल गरे । कोपनहेगनका लागि मग्नुस म्याटसनको गोल सान्त्वना मात्र सीमित बन्यो ।

सिटीले १०औँ मिनेटमै डिब्रुएनाको गोलमा खेलमा अग्रता लिएको थियो । तर, ३४औँ मिनेटमा मग्नुसले बराबरी गोल फर्काए । तर, पहिलो हाफ सकिन लाग्दा बर्नान्डो सिल्भाले सिटीलाई पुनः अग्रता दिलाए । यस्तै, दोस्रो हाफको थपिएको समयमा फिल फोडेनले पनि गोल थपेपछि सिटी ३–१ को अवस्थामा पुग्यो । 

ad
ad