१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८o फाल्गुण १ मंगलबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको ‘आवास योजना’, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १o:२३:oo

ग्लोबल आइएमई बैंकले ‘निश्चिन्त आवास योजना’ (घरकर्जा) अफर ल्याएको छ । यो योजनाअन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त यो योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घरकर्जा योजनाअन्तर्गत अन्य बैंक–वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहजै कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ । 

यस विशेष घरकर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत ब्याजदरमा र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घरकर्जा लिन पाउनेछन् । यो सुविधा देशभरका बैंकका शाखाबाट लिन सकिने बताइएको छ ।

 बैंकले ग्राहकलाई छिटो–छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेस गरेको दुई कार्य दिनभित्र कर्जा प्रवाह गर्ने बताएको छ । यो योजना सीमित अवधिका लागि रहनेछ । बैंकले देशभरका तीन सय ५६ शाखा कार्यालय, तीन सय ७८ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

ad
ad
ad
ad