
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गोदावरीमा रहेको ‘आमाघर’का बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस् भनेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
आमाघर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन ४६ जना बालबालिका आश्रित संस्था रहेको जनाइएको छ । उक्त संस्था यस प्रकारका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित रहेको उल्लेख छ ।
सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नो संस्थाले सहयोगस्वरूप न्यानो कपडा बालबालिकालाई दिन पाउँदा समाजप्रतिको उत्तरदायित्व बोध गरेको सन्देश पठाएको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।