Skip This
नयाँ विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराँती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Friday, 26 July, 2024
२o८o माघ २६ शुक्रबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार १३:o८:oo

नयाँ विमानस्थल बनाउनभन्दा भएका पुराना चलाउन कठिन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्। 

उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको आज (शुक्रबार) निरीक्षण गर्दै मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्। मन्त्री किराँतीले भने, ‘हाम्रोजस्तो मुलुकमा नयाँ विमानस्थल बनाउन सजिलो छैन, तैपनि आवश्यकता खडकिरहन्छ।’ 

मन्त्री किरातीले सीमित स्रोत–साधनको कारण विमानस्थल बनाउन निकै अप्ठ्यारो रहेको बताउँदै बनाउनभन्दा विमानस्थल सञ्चालन गर्न झन् समस्या रहेको बताएका हुन्। 

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको गुनासो गर्दै मन्त्री किराँतीले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयलाई लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने भएकाले क्रस बोर्डड फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने बताए। 

उदयपुरको त्रियुगा नगरपालिका– २ जोगीदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ। 

एक सय ५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा रुख कटानबाहेकका काम अघि बढ्न सकेको छैन। तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष पाँच करोड विनियोजन भएको बताइएको छ।