१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २६ शुक्रबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोठा सुन्दर बनाउने उपाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार ११:५o:oo

घरका कोठा चिटिक्क बनाउने रहर धेरैलाई हुन्छ । तर, कोठा व्यवस्थित र आकर्षक बनाउन हामीले केही कुरा ख्याल गर्नुपर्ने हुन्छ । 

फर्निचर : तपाईंले प्रयोग गरिरहेका फर्निचरलाई नै रंगरोगन गरेर पनि चिटिक्क देखाउन सकिन्छ । नयाँ फर्निचर खरिद गर्दा कोठाको स्पेसलाई ध्यानमा राख्न जरुरी छ । धेरै फर्निचर राख्दा कोठा भद्दा पनि देखिन सक्छ । बैठककोठामा सोफा र टिभी राख्न सकिन्छ । मास्टर बेडरुममा पहिले–पहिले बेडसँगै दराज पनि राख्ने गरिन्थ्यो । आजभोलि बेड मात्रै राख्ने चलन आएको छ । टेबल वा कुर्सी पनि राख्न सकिन्छ । 

किचेन : आधुनिक घरमा प्रायः मोडुलर किचेन प्रयोग हुन्छ । ढलान गरेर बनाइने स्ल्याबभन्दा यो डिजाइन निकै सजिलो छ । यस्तो डिजाइन आकर्षक देखिन्छ र सरसफाइ गर्न पनि सजिलो हुन्छ । मोडर्न टाइपको चिम्नी र चुलो प्रयोग गर्दा खार कम आउँछ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । 

वालपेपर : वालपेपरको प्रयोगले पनि कोठालाई राम्रो देखाउँछ । फोटोहरू टाँसेर पनि आकर्षक देखाउन सकिन्छ । बजारमा विभिन्न डिजाइनका महँगा र सस्ता वालपेपर पाइन्छन् । गुणस्तरीय वालपेपर छनोट गर्नुपर्छ । पर्दाले पनि कोठालाई आकर्षक देखाउँछ । आफ्नो इच्छा र आवश्यकताअनुसार यसको छनोट गर्न सक्नुहुन्छ ।

लाइट : सिलिङ पनि आकर्षक बनाउन जरुरी छ । लाइटिङ पनि मिलेको हुनुपर्छ । राम्रो लाइटिङ भयो भने कोठा उज्यालो र आकर्षक देखिन्छ । 

फ्लोरिङ : भुइँमा स्टोन फ्लोरिङ गर्न सकिन्छ । त्यस्तै, टायल, मार्बल वा पार्केटिङ पनि गर्न सकिन्छ । अहिले कार्पेट पनि विभिन्न डिजाइनमा उपलब्ध छन् । दीर्घकालसम्म टिक्ने र सहज हुने कुरा राख्दा हुन्छ । 

इन्डोर प्लान्ट्स : इन्डोर प्लान्ट्सको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसले कोठालाई पनि पर्यावरणमैत्री देखाउँछ । अक्सिजन प्रवाह गर्ने भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।

ad
ad
ad
ad