१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मधेश र कोशी प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo

मधेश र कोशी प्रदेशमा चल्ने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । फागुनदेखि लागू हुने गरेर दुई प्रदेशमा इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गरिएको हो । 

 १ फागुनदेखि नयाँ सवारी दर्ता तथा सवारी नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट हुनुपर्नेछ । त्यस्तै, आगामी १ जेठदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको हो । सार्वजनिक, पर्यटन, निजी, सरकारी र संस्थानका सवारीसाधनले तोकिएको मितिभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने राजपत्रमा उल्लेख छ । 

राइड सेयरिङलाई सेवा उद्योगको मान्यता
सरकारले राइड सेयरिङलाई सेवा उद्योगको मान्यता दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गर्दै राइड सेयरिङलाई सेवा उद्योगको मान्यता दिएको हो । सेवा उद्योगअन्तर्गतको अनुसूचीको ६६ नम्बरमा राइड सेयरिङलाई राखिएको छ । नेपालमा पठाओ, इनड्राइभलगायत राइड सेयरिङ सञ्चालनमा रहेका छन् । 

ad
ad