१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हुलाकका १६३६ दरबन्दी खारेज, वार्षिक ८० करोड बचत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१४:oo

हुलाक सेवाअन्तर्गतका एक हजार ६३६ दरबन्दी खारेज भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुलाक सेवा विभागको संगठन तथा व्यवस्थापन संरचना (ओ एन्ड एम) स्वीकृत गरेको हो । 

हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीका अनुसार सरकारको निर्णयले हुलाक सेवामा वार्षिक ८० करोड रुपैयाँको प्रशासनिक खर्च बचत हुनेछ । यद्यपि, मन्त्रिपरिषद्को निर्णय औपचारिक रूपमा भने आइनसकेको उनले बताए ।

मन्त्रिपरिषद्ले ‘एक पालिका, एक हुलाक’ कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको छ भने केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय पनि गरेको छ । यससँगै हुलाकको दरबन्दी पुनर्संरचना भएको महानिर्देशक अधिकारीले बताए । ‘मन्त्रिपरिषद्को निर्णयले हुलाकको बोझिलो कर्मचारी दरबन्दीलाई सहज गरिदिएको छ,’ उनले भने । अब एक सय तीन पालिकामा हुलाक कार्यालय खोल्ने तयारी भइरहेको पनि अधिकारीले बताए । 

विभागका अनुसार हुलाक सेवा विभागअन्तर्गत अझै चार हजार हाराहारीमा स्थायी दरबन्दी छ । त्यस्तै, अस्थायी हुलाकतर्फ ११ हजारको हाराहारीमा कर्मचारी छन् । ‘स्थायीको पुनर्संरचना भयो, अब अस्थायीको हुँदै छ,’ महानिर्देशक अधिकारीले भने । 

स्थायीको पुनर्संरचना भयो, अब अस्थायीको हुँदै छ : प्रदीपराज अधिकारी, महानिर्देशक, हुलाक सेवा विभाग
मन्त्रिपरिषद्को निर्णयले हुलाकको बोझिलो कर्मचारी दरबन्दीलाई सहज गरिदिएको छ । यसले हुलाक सेवामा वार्षिक ८० करोड रुपैयाँबराबर प्रशासनिक खर्च बचत हुनेछ । यद्यपि, मन्त्रिपरिषद्को निर्णय औपचारिक रूपमा भने आइसकेको छैन । हुलाक सेवा विभागअन्तर्गत अझै चार हजार हाराहारीमा स्थायी दरबन्दी छ । त्यस्तै, अस्थायी हुलाकतर्फ ११ हजारको हाराहारीमा कर्मचारी छन् । स्थायीको पुनर्संरचना भयो, अब अस्थायीको हुँदै छ । 

ad
ad