१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर फुटबल प्रतियोगिता : आहा रारा गोल्डकप विजेता आर्मी बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१o:oo

मोसफलमा यस सिजनको पहिलो उपाधि जितेको त्रिभुवन आर्मी क्लब सोमबार छैटौँ सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ । धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । गत शनिबार पोखरामा सम्पन्न २३औँ आहा रारा गोल्डकपको फाइनलमा थ्री स्टारलाई हराउँदै आर्मीले मोसफलमा सिजनकै पहिलो उपाधि हात पारेको थियो । आर्मीले पोखरामा खेलेजस्तो उत्कृष्ट प्रदर्शन राजारानी क्लबविरुद्ध देखाउन सकेन । 

आहा रारा गोल्डकपपछि ४८ घन्टाको ब्रेकमा आर्मीले मकवानपुर फुटबल प्रतियोगितामा सहभागिता जनाएको हो । सडन डेथमा राजारानीका गोलरक्षक दीप कार्की नायक बने । उनले आर्मीका सिद्धान्त चौधरीको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई सेमिफाइनल पुर्‍याए । सडन डेथमा राजारानीका लागि प्रवेश दनुवार र उमेश कार्कीले गोल गरे । आर्मीका लागि विमल पाण्डेले मात्र गोल गर्न सके ।

त्यसअघि टाइब्रेकरमा राजारानीका विशाल घलान,  रुपेश केसी र गोलरक्षक दीपले गोल गरे । राजारानीका सुनील खड्का र अशोक खवास गोल गर्न चुकेका थिए । आर्मीका जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले टाइब्रेकरमा गोल गरे । वसन्त जिम्बा र श्रीराम चौधरी गोल गर्न असफल भए । यसअघि आर्मी र राजारानी क्लबले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेलेका थिए । टाइब्रेकरमा ३–३ को बराबरीपछि दुवै टोली सडन डेथमा पुगे ।

११औँ मिनेटमा आर्मीको अग्रता
हेटौँडा– ६ गौरीटारको मैदानमा आर्मीले सुरुवाती क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । फर्ममा रहेका खेलाडीहरूले राजारानी क्लबमाथि दबाब राखेको थियो । राजारानीले पहिलो १० मिनेटमा सम्हालिएर सकेन । खेलको ११औँ मिनेटमा आर्मीले १–० को अग्रता लियो । रसबहादुर मगरले कर्नरमा आर्मीले अग्रता दिलाएका थिए ।

पहिलो हाफमा आर्मीले एक गोलको अग्रता मात्र लिएको थियो । राजारानीले पहिलो गोल व्यहोरेपछि सम्हालिएर खेलेको थियो । राजारानीले त्यसपछि रक्षात्मक रणनीति अपनाएको थियो । मध्यान्तरपछि राजारानीले सुधारिएको प्रदर्शन गरेको थियो । खेलको अजायी मार्टिनले ८४औँ मिनेटमा राजारानीलाई १–१ को बराबरीमा पुर्‍याए । उनले डिबक्सभित्र सटिक हेडिङ गोल गरेका थिए । अब राजारानीले सेमिफाइनलमा एनआरटीको सामना गर्नेछ ।

ad
ad