![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/samridi2024-02-05-11-38-31.gif)
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले व्यवसायीसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको हो । कम्पनीले १९ माघमा खरेन्द्रपुर शाखा, २० माघमा मधुवन शाखा र २१ माघमा औराही शाखामा कार्यक्रम गरेको जनाएको छ ।
खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीले आफ्नो सहभागिता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्दती खाता, कर्जा वितरण तथा विद्युतीय बैंकिङ सुविधाको जानकारी लिनुका साथ पछिल्लो समयमा वित्तीय क्षेत्रमा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको जनाइएको छ ।
व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरू र बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा–सुविधा तथा वित्तीय परामर्शका साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्नेसम्बन्धी अन्तर्क्रिया गर्दै व्यवसायीसँँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको कम्पनीले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।