१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २१ आइतबार २२:२६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानमाथि नेपालको जित, सेनुले गरिन् निर्णायक गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २१ आइतबार २२:२६:००

बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप– २०२४  मा नेपालले भुटानमाथि १–० को जित निकालेको छ । 

बिएसएसएस रंगशालामा सेनु परियारको निर्णायक गोलमा नेपालले भुटानविरुद्ध जित निकालेको हो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेल जित्दै महत्वपूर्ण तीन अंक आर्जन गरेको छ । 

५४औँ मिनेटमा सेनुले सुक्रिया मियाले निकालेको बललाई भुटानकी गोलरक्षक पेमा याङजोमलाई बिट गर्दै बललाई जाली चुमाइन् । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । 

पहिलो खेलमा भारतसँग १०–० को विशालअन्तरको पराजय व्यहोरेको भुटान भने दोस्रो पराजयपछि प्रतियोगिताबाट बाहिरिएको छ । 

आजै भएको खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि बंगलादेश ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । यता, भारतको पनि दुई खेलबाट तीन अंक मात्र भएको छ । अन्तिम खेलमा नेपालले भारतलाई हराउन सके नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।