मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Monday, 16 December, 2024
२o८o माघ २१ आइतबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका धादिङका पत्रकारमाथि दुर्व्यवहार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १२:२९:oo

समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ।

नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको केही समयमै मुठभेट र हल्ला भएको जानकारी पाएपछि समाचार संकलनका लागि एमाले पार्टी कार्यालय पुगेका अर्जुन श्रेष्ठ, चिनो सारु मगरलगायत पत्रकारमाथि प्रवेशद्वारमा बसेका एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।  

समाचार संकलन गर्न भित्र छिर्दै गर्दा एमाले कार्यकर्ताले मुख्य गेटबाट भित्र छिराएर अर्काे गेटबाट बाहिर धकेल्दै पत्रकारितामाथि खिल्ली उडाउँदै ती कार्यकर्ताले दुर्व्ययहार गरेकाे पत्रकार अर्जुन श्रेष्ठले बताए।

‘पत्रकारलाई निषेध गरिएको भनौँ भने केही पत्रकार फोटो, भिडियो खिचिरहेका छन्। सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारसमेत गरिरहेका छन्। सर्वसाधारणलगायत अन्य दलमा आस्था राख्ने पनि खुल्लमखुला तस्बिर तथा दृश्य खिचिरहेकै छन्। तर, समाचार संकलन गर्न आएका हामीलाई धकेल्दै दुर्व्यवहार गरेर बाहिर निकालियो,’ उनले भने।

पत्रकार चिनो सारु मगरले भने, ‘गेटभित्र छिर्दै थियौँ। धकेलेर बाहिर निकाले। मुख्य गेटमा सोधेरै गएका थियौँ। भित्र जान पाइँदैन भनेको भए हामी जाँदैन थियौँ। तर, समाचार संकलन गर्नेक्रममा भित्र हामीलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेर बाहिर निकाले।’ 

श्रेष्ठ नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुन्। मगर पाविल न्युज डटकमका संवाददाता हुन्।