१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महोत्तरीको भंगहा नगरपालिकामा भागबन्डा गरेर करारमा भर्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४२:oo

भंगहाका प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखका श्रीमतीलाई पनि दिइयो नियुक्ति

महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय र शाखा प्रमुखहरूकै श्रीमतीदेखि सालीसम्मलाई करारमा जागिर दिइएको छ । ६ पदमा करार भर्ना गर्न खुला प्रतिस्पर्धा देखाइए पनि कर्मचारीहरूले भागबन्डा गरेका हुन् ।

भंगहा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादवले रोजगार सहसंयोजकमामा जागिर पाएकी छिन् भने स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनालीलाई ल्याब असिस्टेन्टमा राखिएको छ । आइटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंहले अनमीमा करार जागिर पाएकी छिन् । भंगहा नगरपालिकाले ९ पुसमा ६ पदमा करारमा कर्मचारी भर्नाका लागि सूचना जारी गरेको थियो । २४ जना उम्मेदवारले दरखास्त दिएका थिए । १० माघमा परीक्षा भएको थियो । तर, जागिर पाउनेमा सबै कर्मचारीका आफन्त छन् । प्रमुख प्रशासकीय अधिकृत यादवले भने परीक्षामा नातावाद वा कृपावाद नभएको दाबी गरे । ‘म प्रमुख प्रशासकीय हुँदैमा श्रीमतीले काम गर्न पाउँदैनन् भन्ने होइन,’ उनले भने । 

मेयर सञ्जीव साहले कर्मचारी भर्ना प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको र यसबारे जानकारी लिइने बताए । ‘हामी जनप्रतिनिधिले कर्मचारीको दरबन्दी सिर्जना गर्ने हो, कार्यान्वयन कर्मचारीबाट हुन्छ । करारमा ककसले जागिर पाए भनेर मलाई थाहा छैन,’ उनले भने 

ad
ad