१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्दा संकलन गरेर रुरु क्षेत्रमा हनुमानकाे विशाल मूर्ति

धार्मिक पर्यटनमा टेवा पुग्ने अपेक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:५o:oo

रुरुमा गुल्मी र पाल्पातिरबाट हेर्दा स्याङ्जाको भित्तामा बन्दै गरेको हनुमानको विशाल मूर्ति देखिन्छ। नेपालको पवित्रधाम रुरु क्षेत्रमा युवाहरूले चन्दा संकलन गरेर हुनमानको विशाल मूर्ति निर्माण गरिरहेका छन्। 

चार धाममध्येको एक रुरु। तीनमुखे पुल निर्माणसँगै पर्यटकीय सम्भावना र आशा पनि जोडिएको छ। यो पुलले पर्यटकीय आकर्षणसँगै तीन जिल्लाका नागरिकको भावनालाई एकीकृत र दूरीमा पनि नजिक बनाएको छ। 

रुरु क्षेत्रलाई विकास गर्न सरकारको तर्फबाट थुप्रै काम नभएका होइनन्। तर, युवाहरूले हनुमानको विशाल मूर्ति निर्माणमा देखाएको चासो निकै उदाहरणीय छ।

हनुमान मूर्ति स्थापनाको योजना

पाल्पाको रिब्दीकोट गाउँपालिका– ३ हार्थोकका कपिलजंग कुँवर राम्रो पेन्टर हुन्। जसले गुल्मी पाल्पाका २५ भन्दा बढी मन्दिरको लेखन निःशुल्क गरेका छन्। 

आफ्नो जन्मदिनमा विद्यालयका गरिएका पेन्टबाट प्राप्त सामाजिक कामको ऊर्जालाई कुँवरले अझै मर्न दिएका छैनन्। उनले रुरु क्षेत्रको पाल्पापट्टिको भागमा सामान्य चित्र देख्थे। तर, चित्रको अर्थ बुझेका थिएनन्। 

पत्रकार अनिल लिगलले कुँवरको कला त्यो चित्रमा पोख्न चाहेका थिए। केही समयपछि कुँवर र लिगलसहित केही युवा स्थलगत रिपाेर्टिङका लागि सँगै हनुमानथान गए। तर, टोलीले चित्रमा पेन्टभन्दा मूर्ति नै बनाउने योजना बनायाे । 

देवराज श्रेष्ठ, कपिलजंग कुँवर, अनिल लिगल, नवराज र रामलाल विक तथा खिमानसिंह थापासहितको टोलीले सामूहिक अभियान अगाडि बढायाे। एक लाख १५ हजारको लागतमा हनुमानको मूर्ति निर्माणको जिम्मा मूर्तिकार कालीगण्डकी गाउँपालिका–१ का हुकुम बराईले लिए। 

स्टाटसले जुटाउँदै सहयोग

मूर्ति स्थापनाका अभियन्ता कपिलजंग कुँवरले केही दिनअघि बिहानै एउटा स्टाटस लेखे। ‘रिडी पारि यो हनुमानजीको मूर्ति आर्थिक समस्याको कारण अपूर्ण बनेको छ। मूर्तिकारलाई कत्ति पनि पारिश्रमिक दिन सकिएको छैन, मैले जसरी निस्वार्थ आफ्नो समय, परिश्रम र तलबको कर्मचारी बोकेर रुरु क्षेत्र सजाएँ त्यसैगरी रिडीका समस्त बुद्धिजीवीहरूले सानोसानो रकम सहयोग गरेर चारधामको गहनाको रूपमा अगाडि बढ्न लागेको हनुमानजीको मन्दिरलाई प्राणप्रतिष्ठामा लागिपर्न अपिल गर्दछु।’

धेरैलाई बन्दै गरेको मूर्तिसँग सरोकार नै थिएन। जब कुँवरले स्टाटस लेखे तब रुरुलाई माया गर्ने युवाहरूले कुँवरलाई सहयोग र ऊर्जा दिए। सबैभन्दा पहिले स्थानीय राजन भट्टराईले ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेर आर्थिक अभियानको सुरुवात गरे।

त्यस्तै, तारा श्रेष्ठले २५ हजार दिए। अहिले अभियानमा थुप्रैले सहयोग गरेका छन्। करिब एक लाख संकलन भइसकेको कुँवरले बताए। ‘एक वचनमा निर्माण सामग्री दिने खिमानसिंह थापा र पैसा नभएर तडपिएपछि स्टाटस लेख्दा पहिलो सहयोग गर्ने राजन भट्टराईसहित सबैप्रति आभारी छु,’ उनले भने, ‘म नेपाली हो, नेपाल राम्रो बनाउनेसँग कुनै स्वार्थ छैन।’

मूर्तिकार बराईले काम त गरे। तर, पैसा पाएनन्। कपिलजंगलाई नैतिक र आर्थिक प्रश्नहरूले घेरे। त्यसपछि केही समय काम पनि रोकियो। तर, अहिले आर्थिक अभियानसँग काम पनि अगाडि बढेको छ। सपना, अभियान र कामले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको कुँवरले बताए।
 

ad
ad