१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालगन्जमा प्याजको मूल्य दोब्बरले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:५३:oo

गत वर्ष यस सिजनमा प्याज प्रतिकेजी ४० रुपैयाँ थियो अहिले मूल्य बढेर ८० रुपैयाँ पुगेकाे छ

नेपालगन्जमा प्याजको मूल्य आकासिएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालगन्जमा प्याजको मूल्य दोब्बरले बढेको हो । हिजोआज रानीतलाउ तरकारी बजारमा प्याज प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको रानीतलाउ तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापा क्षेत्रीले बताइन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य आकासिएको उनकाे भनाइ छ ।

उनका अनुसार अहिले नेपालगन्जमा तस्करी भएर आएको प्याज मात्र पाइन्छ । ‘साइकल र मोटरसाइकलमा क्यारिङ गरेर ल्याएको प्याजबाहेक अन्य ठाउँबाट आएको प्याज यहाँ छैन,’ उनले भनिन् । 

भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि चोरीतस्करीको प्याज मात्र बजारमा रहेको रानीतलाउ तरकारी बजार व्यवस्थापन समितिका सदस्य मेराज कवडियाले बताए । उनले बजारमा प्याज अभाव रहेको जानकारी दिए । ‘धेरै परिमाणमा प्याज किन्न चाहने हो भने बजारमा छैन,’ उनले भने । 

रानीतलाउ तरकारी बजारमा प्याज बिक्री गर्दै आएका सलिम साईले पनि प्याज अभाव भएको बताए । उनले क्यारिङ गरेर ल्याएको प्याज बिक्री गरिरहेको बताए । उनले साइकलमा राखेर ल्याएको ५–१० किलो प्याज किन्न बाध्य भएको बताए । ‘पहिले भन्सार भएर ट्रकका ट्रक प्याज आउँथ्यो र बजारमा प्याज प्रशस्त हुन्थ्यो । क्यारिङ गरेर ल्याउनेले महँगोमा दिन्छन् । हामी पनि थोरै नाफा खाएर बिक्री गर्दा ग्राहकलाई महँगो पर्न जान्छ,’ उनले भने । उनले अहिले ८० रुपैयाँ प्रतिकेजीका दरले प्याज बिक्री भइरहेको बताए । उनका अनुसार गत वर्ष यो सिजनमा प्याजको मूल्य प्रतिकेजी ४०–४५ रुपैयाँ थियो । 

प्याजको मूल्य आकासिएपछि भान्सा महँगिएको तरकारी बजारमा भेटिएकी नेपालगन्ज– १३, बुल्बुलियामा डेरा गरेर बस्दै आएकी शान्ति गौतमले बताइन् । उनले प्याजको मूल्य आकासिएपछि किन्न छाडेको गुनासो गरिन् । ‘प्याज छोइनसक्नु छ । पछिल्लो समय मासुमा समेत प्याज हाल्न सकिने अवस्था छैन,’ उनले गुनासो गर्दै भनिन् ।   

ad
ad