१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहकारीपीडितका समस्याप्रति सरकार गम्भीर बन्नुपर्छ : नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१३:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। 

धनगढीमा बुधबार बिहान पत्रकारसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।

पूर्वगृहमन्त्री हुन् वा ठूला व्यापारी जनताको रकम अपचलन गर्ने छुट कसैलाई नभएको महरको भनाइ छ। सहकारी क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैंक पनि सक्रिय हुनुपर्ने महरले बताएका छन्। सहकारीसम्बन्धी ऐनमा भएका राम्रा व्यवस्थाको उचित कार्यान्वयन गर्दै दोषीलाई कानुनी कारबाही गर्न उनले माग गरे। 

सहकारी ऐनमा भएको बचत तथा ऋण सुरक्षण कोष स्थापना, स्थिरीकरण कोष स्थापना, कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्नेजस्ता व्यवस्थालाई जानाजान कार्यान्वयन नगरेको उनले बताए। 

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी ऐन संशोधनको आवश्यक रहेको विषय बहसमा रहेकाले ऐन संशोधनमा सरकारले ढिलाइ गर्न नहुने महरले बताए। गलत नियत राखेर नै खुलेका केही सहकारीबाट वित्तीय जोखिम बढेको महरले औँल्याए। 

ad
ad