१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी तेलअभिभ
२o८१ बैशाख २३ आइतबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

एकै दिन २४ इजरायली सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, तेलअभिभ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:o१:oo

इजरायली सेनाले मंगलबार (जनवरी २३) मा मध्यगाजामा भएको आक्रमणमा २४ जना आफ्ना सैनिक मारिएको घोषणा गरेको छ । यो हताहती १०९ दिनको गाजा अभियानमा इजरायली सेनाले २४ घन्टाभित्र भोगेको सबैभन्दा ठूलो क्षति हो ।

एक पत्रकार सम्मेलनमा इजरायली रक्षाबलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवन ध्वस्त पार्न विस्फोटक पदार्थ जोड्ने काम गरिरहँदा नजिकै रकेट–प्रोपेल्ड ग्रिनेड प्रहार भएपछि ती विस्फोटक पदार्थ समयअगावै विस्फोट भएको जानकारी दिए ।

विशाल विस्फोटपछि भवन ढल्दा सैनिकहरू सुरक्षित स्थानमा भाग्न भ्याएनन् । सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरू २२–३७ वर्ष उमेरका रिजर्भ सैनिक भएको बताएको छ ।

ad
ad