१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

न्युरोड क्षेत्रमा पार्किङ निषेध भएपछि व्यवसायी आन्दोलित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:१२:oo

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन् । महानगरको निर्णय गलत भएको र यसलाई तत्काल सच्याउन माग गर्दै सटर बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

पार्किङको सुविधा नभएपछि ग्राहक नआउने र व्यापार घट्ने भन्दै उनीहरू आन्दोलित भएका हुन् । महानगरले मंगलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेधको निर्णय गरेको छ । सवारीसाधन लिएर न्युरोड क्षेत्रमा जान चाहनेहरू महानगरले वैकल्पिक सुविधास्वरूप पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाएको थियो । भ्यु टावरको भूमिगत पार्किङमा तीन सय चारपांग्रे र सात सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था छ । 

व्यवसायीहरू आन्दोलनमा उत्रिए पनि यो निर्णय फिर्ता नहुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने, ‘जथाभावी पार्किङ गर्ने कार्यलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेका हौँ । यो निर्णयमा फेरबदल हुँदैन । यद्यपि, यस विषयमा छलफल पनि गरिरहेका छौँ ।’ धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालआसपासको कालोपत्रे सडकमा महानगरले पार्किङ निषेध गरेको हो । यसअघि, महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकेको छ ।

ad
ad