१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पसलमा आगलागी हुँदा ७० लाखको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:५७:oo

सिराहाकाे एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। नरहा गाउँपालिका- २ पानबारी चोकस्थित लक्ष्मी जनरल स्टोरमा सोमबार साँझ आगलागी भएको हो। 

आगलागीबाट पसलमा रहेको ७० लाखबराबरको सरसामान जलेर नष्ट हुनुका साथै घर पनि क्षतिग्रस्त भएको छ। आगलागी हुनुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ। 

नरहा– ५ बालुवा चोकका सत्तो यादवले भाडाको घरमा सञ्चालन गरेको पसलमा सोमबार राति करिब ८ बजेतिर आगलागी भएको हो। प्रहरीले स्थानीय र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

ad
ad