१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हिटर प्रयोग गर्दा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o३:oo

जाडो मौसममा मानिसहरू घरभित्रै बस्न रुचाउँछन् । तर, कोठा चिसो हुँदा घरभित्रै पनि सास्ती महसुस हुन्छ । त्यसैले धेरैले कोठा तताउनका लागि हिटर प्रयोग गर्छन् । तर, यसका धेरै बेफाइदा छन् । जस्तो, यसले अक्सिजन सोस्छ र गुम्म बनाइदिन्छ । लामो समय हिटर ताप्दा विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छन् । केही उपाय अपनाएर कोठालाई प्राकृतिक रूपमै पनि न्यानोे र आरामदायी बनाउन सकिन्छ । 

सावधानी 

  • चिसोमा कोठालाई सहज रूपमा न्यानो बनाउन हिटर प्रयोग गरिन्छ । तर, यसका धेरै बेफाइदा छन् । त्यसैले हिटर प्रयोग गर्दा सजग हुन जरुरी छ । 
  • बन्द कोठामा हिटर अन गरेर बाहिर निस्कने काम कहिल्यै नगरौँ । हिटरबाट निस्कने कार्बन मनोअक्साइड ग्यास स्वास्थ्यका लागि घातक छ । 
  • हिटर अन गरेर कहिल्यै नसुऔँ । यसले सास फेर्न गाह्रो हुन्छ र कतिपयको ज्यानै जान सक्छ । 
  • लामो समय हिटरमा बस्दा छाला सुक्खा हुन्छ । मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन । 
  • प्रज्वलनशील पदार्थ, कागज, ब्ल्यांकेट, कपडा, दाउरालगायत सामग्रीलाई हिटरनजिक कहिल्यै राख्नुहुँदैन । 
  • हिटरलाई बच्चानजिक राख्नुहुँदैन । झ्याल, ढोका थुनेर हिटर चलाउँदा कोठामा अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले हिटर बालेका वेला कोठा पनि खुला राख्नुपर्छ । 
ad
ad