प्रदीप गिरिको स्मृतिमा लहानका विपन्न बस्तीमा कम्बल वितरण

बुधबार, ३ माघ, २०८०
डिजिटल संस्करण

सिराहाको लहानका विपन्न बस्तीमा कम्बल वितण गरिएको छ । बढ्दो चिसो र शीतलहरले विपन्न, एकल महिलाको दैनिकी कष्टकर बनेपछि नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको स्मृतिमा लहानका विपन्न बस्तीमा कम्बल वितण गरिएको हो ।

प्रदीप गिरि मेमोरियल ट्रस्टकी अध्यक्ष भारती सिलवाल गिरिको अगुवाइ र अवसर फाउन्डेसनको सहयोगमा मंगलबार लहान नगरपालिका १३, १४ र २४ नम्बर वडा क्षेत्रमा बसोवास गरिरहेका सात सय ५० जनालाई कम्बल वितरण गरिएको हो । 

चिसोले गरिब, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, दृष्टिविहीनता भएका र ज्येष्ठ नागरिक प्रभावित बनेपछि कम्बल बाँडिएको अध्यक्ष गिरिले बताइन् । लहान नगर प्रमुख महेशप्रसाद चौधरी, कांग्रेस प्रदेश सभा (१) सभापति सन्तोष उपाध्याय, महाधिवेशन प्रतिनिधि अरुण के.सी., लहान १४ का वडाध्यक्ष धनिकलाल यादव, २४ का वडाध्यक्ष रासलाल राय, वडा सदस्यहरू रमेश यादव, कृष्ण महतोलगायतको उपस्थितिमा कम्बल वितरण गरिएको हो ।

पछिल्लो हप्ता दिनदेखि बढेको शीतलहर र चिसोले गरिब विपन्न बस्तीका ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरीहरू प्रभावित बनेका छन् । चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले २ माघसम्म दिएको विद्यालय बिदाको अवधि बढाएर ६ माघसम्म पुर्‍याएका छन् । 

सुझावित समाचार