१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

सुरज सुनुवारको निर्देशनमा चलचित्र ‘खजुरे ब्रो’ बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४१:oo

सुरज सुनुवारको निर्देशनमा चलचित्र ‘खजुरे ब्रो’ निर्माण हुने भएको छ। चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, मनीष राउत, प्रेम सुब्बा, सुजाता राईलगायतको मुख्य भूमिका रहनेछ।

आफ्नो डेब्यु चलचित्र  ‘खजुरे ब्रो’को कथा र सम्पूर्ण टिम मन परेको कारण आफूले काम गरेको अभिनेत्री नीति शाहले बताइन्। चलचित्र राम्रो बन्नेमा उनी ढुक्क छिन्। चलचित्रको छायांकन एकदमै राम्रो भइरहेको पनि नीतिले बताइन्। 

कार्यक्रममा बोल्दै रेयर राईले ‘खजुरे ब्रो’को शीर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए। कमेडी जनरामा पहिलोपटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायांकन गर्ने चलचित्रको छायांकन सुरु भइसकेको छ। केही दिनको काठमाडौंको छायांकन सकेर टिम धरान प्रस्थान गर्नेछ।

अनमोल गुरुङको संगीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा छायांकन हुनेछ। चलचित्रको सहनिर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्।

ad
ad