Skip This
एएफसी एसियन कप फुटबल : भारतलाई २-० ले हराउँदै अस्ट्रेलियाको सुखद सुरुवात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी एसियन कप फुटबल : भारतलाई २-० ले हराउँदै अस्ट्रेलियाको सुखद सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:१३:oo

एएफसी एसियन कप फुटबल प्रतियोगितामा अस्ट्रेलियाले सुखद सुरुवात गरेको छ । भारतलाई २–० गोलले हराउँदै अस्ट्रेलियाले सुखद सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिनले ५०औँ र जोर्डन बोसले ७३औँ मिनेटमा एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । 

एसियाको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कतारमा शुक्रबारबाट सुरु भएको छ । शनिबार समूह ‘बी’मा रहेको अस्ट्रेलिया र भारत भिडेका थिए । शनिबारै यो समूहमा रहेका सिरिया र उज्वेकिस्तानले बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो चरण सकिँदा अस्ट्रेलिया स्पष्ट तीन अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ ।

ad
ad