१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २८ शनिबार
  • Saturday, 06 July, 2024
२o८o पौष २८ शनिबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २८ शनिबार o८:५२:oo

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ। प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत सोमबार मनोनयन दर्ता गरेका १५ उम्मेवारको उम्मेदवारी कायमै रहेको हो।

बागमतीमा सत्तागठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित एमाले, राप्रपा र नेमकिपा गरी ६ वटा राजनीतिक दलका १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका दुई, माओवादी र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन्। यस्तै, एमालेका चार, राप्रपाका तीन तथा नेमकिपाका चारजनाले उम्मेदवारी दिएका छन्। 

राष्ट्रिय सभा सदस्य पदको रिक्त रहेको १९ पदमध्ये बागमती प्रदेशबाट रिक्त हुने चार सदस्यका लागि निर्वाचन हुन लागेको हो। जसमा अन्य, महिला, अल्पसंख्यक/अपांगता भएका र दलित गरी चार सदस्य रिक्त हुँदै छन्। कांग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादीबाट अपांगता क्लस्टरबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदीबाट दलित क्लस्टरमा घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका छन्। 

एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपांगतातर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपाली उम्मेदवार बनेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई ३७ जना रहेका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको कुल मतभार पाँच हजार आठ सय ३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार चार हजार पाँच सय तीन रहनेछ ।

राष्ट्रिय सभामा रहेका एमालेका नौ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी २० सांसदको पदावधि आउँदो २० फागुनबाट सकिँदै छ ।
 

ad
ad
ad
ad