Skip This
भूकम्प प्रभावित गर्भवती र सुत्केरीलाई पौष्टिक आहार सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भूकम्प प्रभावित गर्भवती र सुत्केरीलाई पौष्टिक आहार सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:३६:oo

जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री त्यसतर्फ पठाइएको छ । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई नेपालगन्जमा राहत सामग्री हस्तान्तरण गरिन् । उनले राजनीतिक आस्थाभन्दा माथि उठेर सो राहत वितरण गर्न निर्देशन दिएकी छिन् । 

‘यो विशुद्ध सामाजिक काम हो । यो या त्यो दलको भनेर विभेद नगर्नुहोला । कसैलाई भेदभाव नगरी राजनीतिक आस्थाभन्दा माथि उठेर राहत वितरण गर्नुहोला,’ उनले भनिन् । 

ती सामग्री भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिने भएको छ । डिग्निटी किट एवं पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिने उनले बताइन् । 

१८ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान रहेको छ ।

वितरण गरिने सामग्रीमा ज्याकेट तथा ट्राउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथब्रस, टुथपेस्ट, नेलकटर, काइँयो, सरफ, सेम्पु, नुहाउने साबुन, लुगाधुने साबुन र पोषणयुक्त खानेकुरा छन् । 

डा. राणाको सचिवालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ काठमाडौं, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य फुड इन्डस्ट्रिज मोरङ र हिमालयन रिइन्स्योरेन्स प्रालि काठमाडौंले राहत सामग्री जुटाएका हुन् ।

डा. राणाले विपतका वेला सक्दो सहयोग गर्नु मानवीय धर्म भएको बताइन् । ‘चिसोले गर्भवती, सुत्केरी र सीमान्तकृत महिलालाई झनै समस्या भइरहेको भन्ने सुनेर उनीहरूको सहजताका लागि राहत वितरण गर्ने योजना बनाएका हौँ,’ उनले भनिन् । 

तरुण दलका अध्यक्ष गुरुङले जाजरकोटका भूकम्पपीडितकाे अवस्था दयनीय रहेको बताउँदै मानवीय सेवाका लागि राहत वितरणमा जुटेको बताए । उनले राजनीतिक आस्थाका आधारमा नभई वास्तविक पीडितको पहिचान गरी राहत सामग्री वितरण गरिने बताए । 

‘राहत वितरणमा राजनीतिक आस्था र नातागोता हेरिनेछैन । वास्तविक पीडितलाई मात्र वितरण गरिनेछ,’ उनले भने । उनले जाजरकोटमा भूकम्प प्रभावितका लागि ७२ वटा टहरा तरुण दलले बनाएको जानकारी दिए । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका उद्योगमन्त्री रोज राणा, लुम्बिनी प्रदेशका सांसदहरू बादशाह कुर्मी, माया पुन, मीना सिद्दिकीलगायत उपस्थित थिए ।

ad
ad