Skip This
‘तपस्वी’ बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश [पूर्णपाठ]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २७ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘तपस्वी’ बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश [पूर्णपाठ]

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:३२:oo

मंगलबार राति काठमाडौंमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। 

बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

लगभग ४ घण्टा चलेको बहसमा बादिको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख कैलाश दहाल र अधिवक्ता अन्नत न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गरेका थिए। 

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन। भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने न्याधिश बिष्णु प्रसाद रेग्मीको एकल ईजलासले आदेश दिएका हुन्। याेसगैँ तपस्वी बम्जनलाई थुनाका लागि जिल्ला कारागार महाेत्तरी पठाउने तयारी भइरहेकाे छ।

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो। 

बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता छ। उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितहरूले जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो।

यस्ताे छ आदेश :

 

 

ad
ad