१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जन्मेको १२ दिनमा आमा गुमाएकी शिशुको प्रदेश अस्पतालमा उपचार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३५:oo

जन्मेको १२ दिनमा आमा गुमाएकी शिशुको कर्णाली प्रदेशस्थित कालागाउँमा उपचार भइरहेको छ।

२३ वर्षीया आमा अंशु बुढाको उपचारका क्रममा बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएपछि शिशुको बिचल्ली भएको थियो। आमाकाे मृत्युपछि शिशुकाे स्वास्थ्य अवस्था परीक्षण गर्न उनलाई प्रदेश अस्पताल ल्याइएकाे ताजाँकाेट गाउँपालिका अध्यक्ष लालकेश जैसीले जानकारी दिए।

अध्यक्ष जैसीका अनुसार ताजाँकोटका माओवादी केन्दका इन्चार्ज तथा माओवादी केन्द्र कणाली प्रदेशका सदस्य गोपाल बुढाले शिशुलाई उपचारका लागि अस्पताल ल्याएका हुन्। 

शिशुको पालनपोषणदेखि शिक्षादीक्षाकाे व्यवस्थापनका लागि गाउँपालिकामा अहिले छलफल जारी रहेकाे अध्यक्ष जैसीले बताए। 

ad
ad