१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

८१ जिल्ला न्यायाधीशको सरुवा, नवनियुक्त न्यायाधीशहरूको पदस्थापन

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:१५:oo

न्यायपरिषद्ले एकैपटक ८१ जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै नवनियुक्त न्यायाधीशहरूको पदस्थापनको निर्णय पनि गरेको छ। 

बैठकले उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश राजेशकुमार काफ्लेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ। अधिवक्ताबाट उच्चको न्यायाधीश भएका माधव धिताललाई उच्च अदालत सुर्खेत, कैलाश गुरुङलाई जुम्ला, नरेशकुमार चौधरीलाई विराटनगर र सरला मोक्तानलाई ओखलढुंगा इजलास पदस्थापन गरेको छ। 

कानुन व्यवसायी पृष्ठभूमिकै सानुमाया डंगोललाई पाटनको हेटौँडा इजलासमा पदस्थापन गरिएको छ भने नगरबहादुर खड्का र खेमराज भट्टलाई उच्च अदालत जनकपुरको न्यायाधीशका रूपमा पठाइएको छ। 

मातृकाप्रसाद भण्डारीलाई भने जनकपुरकै राजविराज इजलासमा र अस्मिनकुमार राईलाई उच्च अदालत दिपायलमा पदस्थापन गर्ने निर्णय भएको छ। कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदीलाई जनकपुर उच्च अदालतको राजविराज इजलासमा पदस्थापन गरिएको छ। 

यसैगरी, महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी तथा सर्वोच्चका सहरजिस्ट्रार नेत्रप्रकाश आचार्यलाई वीरगन्ज इजलासको न्यायाधीश रहने परिषद्को निर्णयमा उल्लेख छ। सहन्यायधिवक्ता रमादेवी पराजुलीलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा पदस्थापन गरिएको छ। 

परिषद्को १८ पुसमा बसेको बैठकले उच्चमा रिक्त ३९ न्यायाधीशको नियुक्ति गरेको थियो। जसमध्ये ४ जना उच्च सरकारी अधिकारी थिए भने ९ जना कानुन व्यवसायी थिए। जिल्ला न्यायाधीश रहेका २६ जनालाई भने उच्चमा बढुवा गरिएको थियो। नवनियुक्त न्यायाधीशहरूले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए। 

राजेन्द्र अधिकारी, केशवप्रसाद बाँस्तोला, सूर्यनाथप्रसाद अधिकारी र कृपासुर कार्कीलाई उच्च अदालत विराटनगरमा पठाउने निर्णय परिषद्ले गरेको छ। विराटनगरकै धनकुटा इजलासमा पूर्णेश्वरप्रसाद उपाध्यायको पदस्थापन भएको छ भने उच्च अदालत पाटनमा कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासिनी, हेमन्त रावल, दुर्गाप्रसाद ढुंगेल, टीकाराम आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालालाई पठाइएको छ। उनीहरू सबैजना जिल्ला न्यायाधीश हुन्। 

उच्च अदालत जनकपुरमा जिल्ला न्यायाधीशहरू ओमप्रसाद अर्याल, धु्रवकुमार पिया र कृष्णमुरारी सिवाकोटीको पदस्थापन भएको छ। जनकपुरकै वीरगन्ज इजलासमा भरत लम्साल तथा राजविराज इजलासमा कृष्णप्रसाद सुवेदी र नारायणप्रसाद सुवेदीलाई पठाउने निर्णय भएको छ। 

वसन्तराज पौडेललाई तुलसीपुरको नेपालगन्ज इजलास तथा जयानन्द पनेरू, विष्णुप्रसाद अर्याल, सूर्यप्रसाद पराजुली, तेजेन्द्रप्रसाद शर्मालाई बुटवल इजलासमा पदस्थापन गरिएको छ। यसैगरी, उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा खडकबहादुर केसी र उच्च अदालत दिपायलमा दण्डपाणि शर्मालाई पठाउने निर्णय परिषद्ले गरेको छ।

नौ न्यायाधीश काठमाडौं ल्याइए, सात न्यायाधीशको बाहिर सरुवा
यसैगरी, ८१ जिल्ला न्यायाधीशहरूको सरुवासमेत मंगलबारको बैठकले गरेको छ। काठमाडौं जिल्ला अदालतमा सर्लाहीबाट कमलप्रसाद पोखरेल, पर्साबाट विष्णुप्रसाद उपाध्याय र रामप्रसाद शर्मा, लमजुङबाट शिवप्रसाद खनाल, महोत्तरीबाट कमला पौडेल, म्याग्दीबाट कृष्णप्रसाद शर्मा, डोटीबाट शिवलाल पाण्डे, रुपन्देहीबाट महेन्द्रराज काफ्ले र दार्चुलाबाट खेमराज भट्टलाई ल्याइएको छ।

काठमाडौंमा कार्यरत केशवप्रसाद अधिकारीलाई नवलपरासी, दीपक खनाललाई पर्सा र प्रकाशप्रसाद पण्डितलाई म्याग्दी सरुवा गरिएको छ। काठमाडौंकै नारायणप्रसाद दाहाललाई खोटाङमा जिल्ला न्यायाधीशका रूपमा पठाइएको छ भने शंकरबहादुर राईलाई सोलुखुम्बु तथा कमलप्रसाद ज्ञवालीलाई बर्दिया जिल्ला अदालतमा सरुवा गरिएको छ। यसैगरी, काठमाडौंकै न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम सरुवा गरी पठाउने परिषद्को निर्णय छ ।

ad
ad