१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २३ आइतबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध देखिने गरी सुधार भएको छ’

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४o:oo

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध देखिने गरेर सुधार हुँदै गएको बताएका छन्।

मंगलबार कञ्चनपुरको कृष्णपुरमा १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध देखिने गरेर सुधार गरेको दाबी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डको भारत–चीनलगायतका मुलुककाे राजकीय भ्रमणले देखिने गरेर सम्बन्ध सुधार भएको परराष्ट्रमन्त्री साउदको दाबी छ।

‘प्रधानमन्त्री प्रचण्डको दुबईको कोप सम्मेलनदेखि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, म आफैँ पनि राजकीय भ्रमणमा अमेरिका गएँ, भारतका विदेशमन्त्री नेपाल आए। केही दिनपछि प्रधानमन्त्रीसहित म पनि युगान्डा भ्रमणमा जाँदै छौँ,’ उनले भने, ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा देखिने गरेर काम भइराखेको भन्ने सन्देश दिने गरेर इमानदारीपूर्वक काम गरिरहेका छौँ।’

जोखिमपूर्ण मुलुकमा जान पाउने र सेनामा भर्ना हुने गरेर पठाउने सरकारको नीति नभएको स्पष्ट पार्दै मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीको फिर्ताका लागि र मृतकका हकदारलाई सुविधा दिन कूटनीतिक प्रयत्न जारी रहेको बताए। मन्त्रालयले आवेदन माग्दा एक सय १५ आवेदन परेको उनले जानकारी दिए।

भारतसँग भएको विद्युत् बिक्री सम्झौताले नेपालको विकासमा टेवा पुग्ने बताउँदै उनले भने, ‘विगतमै पञ्चेश्वर परियोजनाबारे दुवै देशका प्रधानमन्त्रीबीच छलफल भयो। त्यसमा प्राविधिक टोली लागेको छ।’

ad
ad