१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८o पौष २४ मंगलबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा बिवाइडीका तीन लाख इभी बिके

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १o:११:oo

 एक वर्षमा बिवाइडीका तीन लाखभन्दा बढी विद्युतीय गाडी बिक्री भएका छन् । कम्पनीले सन् २०२३ मा ३० लाख २४ हजार चार सय १७ वटा विद्युतीय गाडी बिक्री गरेको हो । 

अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा बिक्रीदर ६१ दशमलव ८ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ । वार्षिक मापदण्डमा ४५ प्रतिशत वृद्धि गर्दै डिसेम्बर एक महिनामा मात्र तीन लाख ४१ हजार ४३ वटा न्यु इनर्जी गाडीहरू (एनइभी) बिक्री गरेको कम्पनीले जनाएको छ । वर्षको अन्तिम महिनाको ह्वात्तै बढेको बिक्रीले विद्युतीय गाडीको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको कम्पनीले उल्लेख गरेको छ ।

२०२२ मा पनि बिवाइडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै १८ लाख ६० हजार गाडी बेचेको कीर्तिमान कायम गरेको कम्पनीको दाबी छ । कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकासप्रतिको प्रतिबद्धताले यो सफलता हासिल भएको कम्पनीले जनाएको छ ।  

 बजारमा प्राप्त यो सफलता अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइन अपको प्रमाण भएको कम्पनीको भनाइ छ । कम्पनीले विद्युतीय गतिशीलता र कार्बन फुटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासलाई सधैँ साथ दिने कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad