१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असार १९ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रसूतिगृहले स्वस्थ शिशु प्रतिस्पर्धा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १७:२४:oo

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पछिल्लो एक वर्षभित्र जन्मेका शिशुहरूबीच स्वस्थ शिशु प्रतिस्पर्धा गर्ने भएको छ। स्वस्थ शिशु शारीरिक र मानसिक रूपमा कस्तो हुनुपर्छ भन्ने बुझाउन शिशुहरूबीच प्रतिस्पर्धा गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालले यो प्रतिस्पर्धा आगामी साउन ३० मा गर्न लागेको हो। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार शिशुहरूको पोषण, शारीरिक तथा मानसिक विकास क्रमलगायत स्वस्थ मानिने इन्डिकेटरहरूको जाँच गरेर प्रतिस्पर्धामा सहभागी गराइनेछ।

अस्पतालले पछिल्लो एक वर्षभित्रमा प्रसूतिगृहमा जन्मेका शिशुलाई तीन समूहमा विभाजन गर्नेछ। जसमा जन्मेदेखि ४५ दिन, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशुहरूबीच प्रतिस्पर्धा गरिने निर्देशक अधिकारीले जानकारी दिए। उनले भने, ‘स्वस्थ हुनका लागि शिशुहरू कस्तो हुनुपर्छ भन्ने वा विकासक्रमबारे अभिभावकलाई बुझाउने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ।’

सहभागी शिशुहरूको विकासक्रम र सम्पूर्ण स्वास्थ्य अवस्था चिकित्सकहरूले परीक्षण गर्नेछन्। जसमा उमेरअनुसार बच्चाको तौल, अंगहरूको विकास, शारीरिक बनावट, बोलीको विकास, पोषणको अवस्थालगायत परीक्षण गरिनेछ। यसका साथै स्तनपानको अवस्था, अभिभावकले हुर्काइको अवस्था वा सरसफाइका विषयमा समेत अध्ययन गरिने जनाइएको हो।

शिशुलाई प्रतिस्पर्धामा सहभागी गराउन चाहने अभिभावकलाई अस्पतालले फाराम वितरण थालेको छ। एक महिनाभित्र फाराम भरेर प्रतिस्पर्धामा शिशुहरूलाई सहभागी गराउन सकिने अस्पतालले जनाएको छ। प्रतिस्पर्धामा छानिएका शिशुहरूलाई आगामी १० भदौमा हुने ६०औँ वार्षिकोत्सवका दिन पुरस्कृत गरिने बताइएको छ।

ad
ad
ad
ad