१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o२:oo

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धनले सिट बाँडफाँट गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

उनका अनुसार कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ।

बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। उक्त निर्णयलगत्तै उम्मेदवार टुंगो लगाउन बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ। साथै कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ। 

मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ। 
 

ad
ad