मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Wednesday, 19 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १९ बिहीबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल एयरलाइन्सका पाइलटविरुद्ध मुद्दा, शैक्षिक प्रमाणपत्र नक्कली रहेकाे आराेप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १६:o३:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमानचालक सम्राटबहादुर शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दर्ता गरेको छ। 

शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी उजुरी परेपछि अनुसन्धान गर्दा उनले भारतको सेकेन्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भिएसजे इन्टरकलेज सरहरी गाेरखपुरबाट सन् २००३ मा इन्टरमिडियट परीक्षा (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमानचालकको हैसियतमा लाभ लिएकाे पाइएकाे अख्तियारले जनाएकाे छ। 

आयाेगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेकाे जनाएकाे छ।