१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Sunday, 22 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o पौष १९ बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतबाट तस्करी भएको उखु प्रहरीद्वारा बरामद 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार ११:४६:oo

भारतबाट गैरकानुनी रूपमा नेपाल भित्रिएको उखु नेपाल प्रहरीले बरामद गरेकाे छ । पछिल्लो समय गैरकानुनी रूपमा भारतबाट कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु तस्करी भइरहेको छ । दक्षिणी क्षेत्रमा रहेका चिनी उत्पादक उद्योगमा बिक्री–वितरणका लागि उखु तस्कर समूहले भारतबाट गैरकानुनी रूपमा उखु तस्करी गर्दै आएको छ । 

उखु तस्कर समूहले भारतको ऐलानी जमिनमा उत्पादन भएको उखु नेपालमा ल्याएर सरकारी अनुदान कुम्ल्याउने दाउमा भारतबाट हरेक वर्ष उखु तस्करी गर्दै आए पनि पूर्ण रोक्ने काम भएको छैन । प्रहरीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दरिलो उपस्थिति नभए पनि भारतबाट आउने गैरकानुनी सामान आफूहरूले बरामद गर्नुपरेको बाध्यता रहेको बताउँदै आएका छन् ।

गएराति नेपाल प्रहरीले भारतबाट नेपालमा उखु तस्करी भइरहेको अवस्था एक ट्रयाक्टरसहित दुई ट्रली बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले भे.१त ३२८६ नम्बरको ट्रयाक्टरसहित दुई ट्रली बरामद गरेको बताए । एक ट्रयाक्टरसँगै दुई ट्रलीमा लाखौँ क्विन्टल  उखु बरामद गरेर इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ । स्थानीय किसानले  आफूहरूको उखु खरिदको साटो चिनी उद्योगले भारतबाट तस्करीको उखु खरिद गरिरहेको आरोप लगाएका छन् ।