१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट हेटौँडामा प्रहरी जवानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५८:oo

मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट बुधबार बिहान एकजना प्रहरी कमान्डरको मृत्यु भएको छ । ठक्करबाट दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका– ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत वर्ष २५ का प्रहरी जवान विनोद ऐडी रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम राजमार्गमा दौडिँदै गरेका ऐडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी जवान ऐडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकलचालकसमेत घाइते भएका छन् । हेटौँडा– ४ का ४२ वर्षीय मोटरसाइकलचालक लक्ष्मण लामाको टाउको र हातमा चोट लागेको र हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रवक्ता भण्डारीले बताए ।

यस्तै, मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

ad
ad