ग्रिनल्यान्ड र भ्याली पब्लिकले १५औँ टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर पुरुष र भ्याली पब्लिक सिनियर महिलातर्फ च्याम्पियन बनेका हुन् । सिनियर पुरुषतर्फ आइतबार भएको फाइनलमा ग्रिनल्यान्डले एचएचसिएलाई ४०–३४ ले पराजित गर्यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ स्कोर गरेका थिए ।
भ्याली पब्लिकले निम्सलाई ५५–३२ ले हराउँदै तेस्रो स्थान रक्षा गर्यो । भ्याली पब्लिकका अनिमेश अधिकारीले १३ स्कोर गरेका थिए । सिनियर महिलाको उपाधि भिडन्तमा भ्याली पब्लिकले निम्सलाई ४९–२४ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक २६ स्कोर गरेकी थिइन् । वसुन्धरा नेसनल एकेडेमीलाई १९–१३ ले पाखा लगाउँदै एनसिसिएस तेस्रो भयो । एनसिसिएसकी दिभा महर्जनले ८ स्कोर गरिन् ।
पुरुषमा ग्रिनल्यान्डका आशुतोष केसी तथा महिलामा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । पुरुषतर्फ एचएचसिएका दिशान राई तथा महिलामा निम्सकी टिना लिम्बू प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । दिशानले ७८ तथा टिनाले ३७ स्कोर गरेका थिए ।