१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालकुमारी घटनाबारे मानव अधिकार आयोगले थाल्यो अनुगमन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o४:oo

ललितपुरको बालकुमारीमा भएको झडपमा दुई प्रदर्शकारीको मृत्यु भएको घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयाेगले दुईजनाको ज्यान जाने गरी भएको सो घटनाको अनुगमन सुरु गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

प्रहरीका अनुसार प्रदर्शनमा दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र वीरेन्द्र शाहको मृत्यु भएको छ। राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। 

यस्तै, घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पनि तीन सदस्यीय समिति गठन गरेको छ।

आज बिहान कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा फारम भर्न नपाएको भन्दै युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हवाई फायर गरेको थियो।

 

 

ad
ad