१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

धरानका मेयरले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४९:oo

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् । संघीय सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका हुन् ।

राईले बुधबार फेसबुकमा स्टाटस लेख्दै धरानलाई सरकारले उपेक्षा गरेको बताएका थिए । उनले ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु’ भन्दै फेसबुकमा लेखेका थिए ।

बिहीबार आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखेपछि उनी कार्यकक्षमा ताल्चा लगाएर बाहिरिएका थिए । उनले यसअघि पनि धरानलाई संघीय सरकारले महत्व नदिएको भन्दै स्वायत्तता प्रदान गर्न माग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
 

ad
ad