१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विशेषले चूडामणिलाई गैरकानुनी सम्पत्तिमा सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:३५:oo

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक तथा कर फर्स्योट आयोगका तत्कालीन सदस्य चूडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएपछि अख्तियार सर्वोच्च अदालत पुगेको छ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गत १८ जेठको फैसलाअनुसार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा शर्माले सफाइ पाएका थिए। उनी राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी भएका थिए।

अख्तियारले शर्मा र कल्पना उप्रेती शर्माविरुद्धको विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको हो।

२३ साउन ०४५ मा सार्वजनिक सेवा प्रवेश गरेका शर्माले २९ मंसिर ०७३ मा सम्पत्ति विवरण पेस गर्दा तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आम्दानी देखिन्छ। खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ।

सो अवधिको शर्माको खर्च र आम्दानीको तुलना गर्दा आयभन्दा बढी खर्च तथा लगानी चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तियारको छ।

ad
ad