१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ११ बुधबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

योमरी पुन्हिको अवसरमा डल्लु आवास महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार १३:१७:oo

सम्पदा संरक्षण तथा सांस्कृतिक संवर्द्धनमा समर्पित गणेश सामुदायिक विकास सेवाले यस वर्ष योमरी पुन्हि एवं ज्यापु दिवसको अवसरमा डल्लु आवास महोत्सव गर्ने भएको छ।

हरेक वर्ष डल्लु क्षेत्रका १२ वटा सामाजिक संस्थाले पालैपालो गर्दै आएको सकुन्दा र्‍यालीभन्दा फरक ढंगले यस वर्ष सेवाले महोत्सव आयोजना गर्न लागेको हो। 

पुस १४ गते शनिबार ज्यापु दिवसको अवसरमा गर्न लागिएको सो कार्यक्रममा चर्या नृत्य, धिमे नृत्य, नेवार खानाका स्टलहरू तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्।

सेवाका अध्यक्ष धर्म महर्जनका अनुसार यस वर्ष युवाहरूको ढुकढुकी कुमार सागर, रोजमान महर्जन, निशा देसार, उजन शाक्य, निभा डंगोल, रत्नशोभा महर्जनलगायतले सांगीतिक प्रस्तुति दिनेछन्।

नेवार पहिचान जोगाउन आफूहरूले सो कार्यक्रम गर्न लागेको उनको भनाइ छ। फनोलोजिक सोलुसनले कार्यक्रमको व्यवस्थापन गर्दै छ।

ad
ad
ad
ad