एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको दोस्रो सम्मेलनले सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । खत्री पूर्वउपाध्यक्ष भीम रावलनिकट मानिन्छन् ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोशनदेव पन्त र सुरत खत्रीबीच प्रतिस्पर्धा भएको थियो । मञ्चको उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा इन्जिनियर खगेन्द्रकुमार साउद, उपसचिवमा पार्वती कडायत खड्का र नरेशबहादुर धमेना सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा रूपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नवीनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर चयन भएका छन् ।