१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १९ बुधबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेशी दल सरकारमा बस्नुको औचित्य छैन : नेता महतो 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४५:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने बताएका छन्।

आन्दोलनकारीलाई जन्मकैदको फैसला हुँदा पनि जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी चुप्पी साँधेर सरकारमा बसेको भन्दै संघर्षमा नआए समाप्त हुने बताएका हुन्।

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले भने, ‘अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेशकेन्द्रित दलहरू सरकारमै छन्। मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने सरकारी सोचमा समर्थन गर्नु हो।’

सातदलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको बताउँदै नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि। र, अपराधी बनाउने काम सरकारबाटै भयो। त्यसैले, चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन।’ 
 

ad
ad