१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस मस्को
२o८१ बैशाख २० बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

‘पश्चिमले सर्बियालाई अस्थिर बनाउने प्रयास गरिरहेको छ’

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४६:oo

रुसले मस्को–मैत्री बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ। डिसेम्बर १७ मा भएको निर्वाचनमा भएको भनिएको जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता उत्पन्न भएको छ।

एक दिनअघि मात्र प्रदर्शनकारीहरूले बेलग्रेड सिटी हलमा आक्रमण गर्ने प्रयास गरेका थिए। प्रदर्शनकारीहरूले संसदीय र स्थानीय निर्वाचनका परिणामहरूलाई अस्वीकार गरेका छन्। निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर भुकिकको पार्टीले आफूले सानदार जित हासिल गरेको दाबी गरेको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सरकारी समाचार समिति आरआइए नोभोस्तीसँग भनिन्, ‘सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ।’ क्रेमलिनले निर्वाचन परिणामहरूको स्वागत गरेको छ। प्रवक्ता दिमित्री पेसकोभले निर्वाचन परिणामबाट सर्बिया र रुसबीचको ‘मित्रता थप सुदृढ हुने’ मस्कोले आशा गरेको बताए।

सर्बिया र रुसबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध छ। युक्रेनमाथि भएको आक्रमणका लागि मस्कोविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सर्बिया सहभागी भएको छैन। यद्यपि उसले संयुक्त राष्ट्रसंघमा रुसको आक्रामकताको निन्दा गरेको छ र उसको समर्थनबाट विवाद उत्पन्न भएको छ।

सर्बिया करिब सम्पूर्ण रूपमा रुसी ग्यासमा निर्भर छ। यहाँका विपक्षीहरूले संसदीय निर्वाचनका क्रममा खराब खेल भएको गुनासो गरेका छन्।

ad
ad