१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २२ शनिबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५२:oo

पर्साको पटेर्वासुगौली गाउँपालिका– २ थरुहटी गाउँका एकजना स्थानीयको बाघको आक्रमणमा परेर मृत्यु भएको छ।

गाउँभन्दा करिब दुई सय मिटर उत्तर जंगलको खाली जग्गामा शौच गर्न गएका ३२ वर्षीय मनोज राउत सोमबार बिहान मृत फेला परेका छन्।

आइतबार राति शौच गर्न गाउँनजिकको जंगलमा गएका ढागड बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।

उनका अनुसार शौच गर्न गएका व्यक्ति राति घर नफर्किएपछि सोमबार बिहान खोज्न निस्किएकाहरूले रगत र मोबाइल देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए।

आक्रमण गरी घटनास्थलबाट भित्र जंगलतर्फ लगेको बाटोभरि रगत लागेको फेला परेको प्रहरी निरीक्षक केशरीले बताए। घटनास्थलमा शव जाँच मुचुल्का बनाएपछि पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ।

ad
ad