१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा मानव अधिकार उल्लंघनका घटना वृद्धि

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४९:oo

संखुवासभामा मानव अधिकार उल्लंघनका घटना वृद्धि भएको पाइएको छ। ५० वटा घटनामा ५१ जना पीडित भएको आइतबार खाँदबारीमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो। 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ का घटना सार्वजनिक गर्दै सरोकारवालाबीच प्रतिक्रिया लिइएको हो। इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानव अधिकार उल्लंघनका घटनामा ५० जना पीडित बनेको सार्वजनिक गरेको हो। 

गत २४ साउन जिल्ला कारागार खाँदबारीभित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानव अधिकार उल्लंघनका घटना भएको इन्सेकको ठहर छ।

अघिल्ला वर्षहरूमा झैँ संखुवासभामा हत्या, बलात्कार र कुटपिटजस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ। संखुवासभामा ११ बालिकासहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४,  हत्या पाँचवटा, कुटपिट गैरराज्य पक्ष तीनजना, राज्य पक्ष एकजना पीडित भएको पाइएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए। 

उनको अनुसार, गत वर्ष ४६ वटा मानव अधिकार उल्लंघनका घटना भएकोमा अहिले बढेर ५० वटा पुगेको प्रतिवेदन सार्वजनिक हो।

पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले राज्यको कठोर कानुन हुँदा पनि हत्या, बलात्कारजस्ता मानव अधिकार उल्लंघनका घटना कमी नदेखिएको बताए। 

उनले छिमेकी चिनजान र नजिकका आफन्तबाट यस्ता घटना हुनु दुःखद भएको बताउँदै जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिनुपर्ने बताए।

स्थानीय तहअन्तर्गत बनेको न्यायमा सहजता होस् भनेर कानुनमा उल्लेख रहेको न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जिसस प्रमुख शाक्यले जोड दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कानुनको पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा मानव अधिकार हननका घटना वृद्धि भएको बताए। मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन गम्भीर भएर सबै पक्ष लाग्नुपर्ने प्रजिअ कार्कीले आग्रह गरे।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी धनश्याम श्रेष्ठले स्थानीय तहको न्यायिक समितिमा छलफल तथा उजुरी हुनुपर्ने भए पनि पीडित उजुरीका लागि प्रहरी कार्यालय नै आउने गरेको बताए। 

उनले प्रहरीप्रतिको विश्वसनीयताका कारण पीडितहरू प्रहरी कार्यालय नै आउने गरेको बताउँदै सम्बन्धित स्थानीय निकायमा नै छलफल गराउन सके प्रहरीकहाँ आउने उजुरी घटने र न्यायमा स्थानीयको सहज पहुँच पुग्ने बताए।

उक्त वार्षिक समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानुपर्ने धारणा राखे। 

प्रहरी प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउनसमेत सरोकारवालाले सुझाव दिएका थिए। कार्यक्रममा सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था र पत्रकारहरूको सहभागिता रहेको थियो। 
 

ad
ad