![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/seselung2023-12-25-10-59-51.gif)
प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप फुटबल प्रतियोगितामा चक्रघट्टी फुटबल क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयमा आइतबार भएको पहिलो सेमिफाइनलमा आठराई गाउँपालिका तेह्रथुमलाई १–० ले हराउँदै सुनसरी अन्तिम दुईमा पुगेको हो । प्रतिस्पर्धामा सुनसरीका आकाश राईले खेलको २८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलमा थप गोल नहुँदा उनी नै नायक बने ।
तेह्रथुमका खेलाडीले बराबरी गोल फर्काउने निकै प्रयास गरेका थिए । तर, सुनसरीको बलियो डिफेन्स तेह्रथुमका खेलाडीले तोड्न सकेनन् । प्रतियोगिताको सेमिफाइनल पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।
पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । सगरमाथाले बिटी फुटबल क्लब तेह्रथुमलाई ४–० ले निराश बनाएर पाँचथरसँगको भेट पक्का गरेको हो । कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले तीन लाख दुई हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।