१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सामान्य समस्यालाई देखाएर राजतन्त्रको वकालत गर्नु जायज होइन : पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३१:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन्।

गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुने भन्दै उनले राजतन्त्र विकाल्प हुन नसक्ने प्रस्ट पारे।

चन्द्रागिरि नगरपालिका– २ मा शनिबार भएको पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो। तर, जनताको अवस्थामा सुधार आएको छैन। नेताको आचरण र व्यवहारमा सुधार आएको छैन। ३ जना राष्ट्रपति भए, आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो। त्यसैले, हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ।’

गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरे पनि आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उपमहासचिव पुनको भनाइ छ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरू सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको जिकिर गरे।

जनताको प्रश्नबाट भाग्न नमिल्ने बताउँदै उनले भने, ‘सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरूमाथि प्रश्न उठ्यो। जनताले प्रश्न उठाउँदैमा भाग्नुहुँदैन। हामीले जवाफ दिनुपर्दछ।’

माओवादीले गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर जनतामा भ्रम पार्न खोज्ने दाबी गर्दै पुनले सचेत हुनुपर्ने बताए।

ad
ad