१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेलिब्रिजको रिबन काट्न मन्त्री हेलिकोप्टरमा, लडेर घाइते किशोरीकाे उद्धार भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१७:oo

 शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला हुम्लाको सल्लीसल्लामा निर्माणाधीन बेलिब्रिजको पुलको रिबन काट्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर हुम्ला पुगे। सल्लीसल्लामा रिबन काटेर बेलिब्रिज पुलको उद्घाटन गर्दै भने, ‘ म कर्णाली प्रदेशको मान्छे हुँ। कर्णालीको माया छ। हुम्लाजस्तो दुर्गम जिल्लामा सडक नपुग्दा दुःख लागेको छ। अबको पहिलो प्रथामिकता भौतिक मन्त्रालयबाट हुम्लालाई रहनेछ,’  यति भनेर हेलिकोप्टरमा फर्किए।   

सल्लीसल्लासम्म गाडी गुड्ने भए पनि मन्त्री ज्वालाको जम्बो टोलीले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी बेलिब्रिज पुलको उद्घाटन गरे। हेलिकोप्टरमा कर्णाली प्रदेशका पूर्वमन्त्री जीवनबहादुर शाही, हुम्ला जिल्लाका प्रतिनिधिसभाका सदस्य छिरिङ दम्डुल लामा कार्चेन, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा पनि सँगै थिए। 

साेही दिन बिहान ७ बजे चंखेली गाउँपालिका– ५ नेप्कास्थित पातेपहिरो भन्ने स्थानमा एक किशाेरी माटो खन्ने क्रममा पुरिँदा सख्त घाइते भइन्।  घाइते १८ वर्षकी बालिका मेरिना तामाङका बुबा दानबहादुर तामाङले छोरीकाे उद्धारको लागि पालिकासम्म हारगुहार गरे। घरमा आर्थिक अवस्था नाजकु भएका तामाङले छोरीको उपचार गर्न अस्पताल लैजाने कुनै उपाय नदेखेपछि  घरेलु उपचार गरेर बसेका छन्। 

गाउँबाट पालिका केन्द्र पुर्‍याउन  एक दिन पैदल हिँड्नुपर्छ भने सदरमुकाम पुर्‍याउन तीन दिन बोकेर ल्याउनुपर्ने बाध्यता छ।  

 

ad
ad