१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेशले काम गर्न नसक्नुमा संघकै कमजोरी : उपाध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४८:oo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रदेशले काम गर्न नसक्नुमा संघकै कमजोरी रहेको बताएका छन्। 

बिहीबार राष्ट्रिय योजना आयोगले हालसम्म गरेका क्रियाकलापबारे जानकारी दिन आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले काम गर्न  सकेन भनिए पनि कानुनको अभाव र  राजनीतिक अस्थिरताले प्रदेशले काम गर्न नसकेको र यो चाहिन्छ र भन्ने वेला नआएको बताए।

उनका अनुसार आयोगले ढिलो नगरी माघ मसान्तसम्म १६औँ योजनालाई अन्तिम रूप दिने तयारी गरेको छ। उनले भने, ‘हामीले यहाँसम्म ल्याइपुर्‍याएका छौँ। के–के गर्ने भन्ने अहिले नै यकिन छैन। जस्तै उदाहरणका लागि ऊर्जा मन्त्रालयले १२ वर्षको रणनीतिक योजना सार्वजनिक गरेको थियो, त्यसले आर्थिक वृद्धिदरमा पार्ने प्रभावलाई समेत अध्ययन गर्नेछौँ।’

उपाध्यक्ष श्रेष्ठले एलडिसी ग्य्राजुएसनपछि पार्ने सकारात्मक र नकारात्मक असर दुवैको अध्ययन भइरहेको बताए। उनले भने, ‘लगानीकर्ता किन आइरहेका छैनन् भन्दा एलडिसी भएकै कारण नआएको भन्ने हो। विदेशी लगानीकर्ताहरूमा ‘यो अति कम विकसित मुलक हो, यहाँ समस्या छ’ भन्ने बुझाइ छ। यसमा परिवर्तन आउनेछ।’

योजना तर्जुमा गर्दा राम्रो हुने, तर कार्यान्वयन कमजोरी हुने गरेको बताउँदै उनले भने, ‘१५औँ र १६औँ योजना तुलनायोग्य छैन। १४औँ योजना मात्रै यस्तो योजना हो, जसका लक्ष्य पूरा गरेको थियो। ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो। लोडसेडिङ अन्त्य भयो। ३९ प्रतिशतमा चलिरहेका उद्योगहरू ४९ प्रतिशतसम्मको क्षमतामा चल्न थाल्यो। संघीयता कार्यान्वयनले विकास निर्माण अघि बढ्थ्यो भनेर १५औँ योजनालाई महत्त्वाकांक्षी बनाइएको थियो। कोभिडको प्रभाव नहुने थियो भने विकास अघि बढ्न पनि सक्थ्यो।’
 
बजेट तर्जुमा गर्न मन्त्रालय र प्रदेशलाई पत्र पठाइसकेको उनको भनाइ थियो। 

ad
ad